कामना सेवा विकास बैंकका २ संस्थापकले बेच्दैछन् ३० हजार कित्ता सेयर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकास बैंकका २ संस्थापकले बेच्दैछन् ३० हजार कित्ता सेयर
काठमाडौं : कामना सेवा विकास बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक ऋद्धिमान शाक्य र पूर्णबहादुर बस्नेत प्रत्येकले १५–१५ हजार गरी कूल ३० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । 
 
यसमा कामना सेवा विकास बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र कामना सवा विकास बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 
Read More
  • MBL