नेप्सेमा सुचीकृत ८२ कम्पनीको कारोबार रोक्का, ठूला कम्पनीले नै तिर्दैनन् नविकरण शुल्क


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा सुचीकृत ८२ कम्पनीको कारोबार रोक्का, ठूला कम्पनीले नै तिर्दैनन् नविकरण शुल्क

नेपाल स्टक एक्सचेन्जले ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सुचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का भएको हो ।

नविकरण शुल्क नबुझाउनेमा ठुला कम्पनीहरु समेत रहेका छन् । सबै भन्दा धेरै कित्ता शेयर सुचीकृत रहेको नेपाल टेलिकम र सबै भन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालको पनि शेयर कारोबार रोक्का भएको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेकोे जनाएको छ । करोबार रोक्का हुनेमा १९ लघुवित्त, २ व्यापार, २ होटल, २ अन्य, ११ उत्पादन तथा प्रशोध, २ बीमा, १८ विकास बैंक, १२ फाइनान्स कम्पनी र १३ जलविद्युत समुहका कम्पनीहरु रहेका छन् ।

Read More