शेयर बजारको जानकारी अब 'एसएमएस' बाट पनि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर बजारको जानकारी अब 'एसएमएस' बाट पनि

नेपाल स्टक एक्सचेञ्जको वेवसाइट, विभिन्न समाचार माध्यमका अलावा अब शेयर बजारबाट आफूले लिन चाहेको जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सकिने भएको छ। शेयर बजारका लगानीकर्तालाई लगानी योजना बनाउन सजह हुने उद्देश्यले मेरोलगानी डटकमले तोकिएको शुल्क तिरेर एसएमएस सेवा प्रदान गर्न थालेको हो।

मेरोलगानी डटकमले लगानीकर्ताले चाहे आनुसारको शेयर बजारको जानकारी तथा सूचना प्रवाह एसएमएस सेवा मार्फत पनि सुरुवात गरेको हो। शेयर बजारका लगानीकर्ताको हितलाई मुख्य केन्द्रबिन्दुमा राखेर यसअघि पनि मेरोलगानी डटकमले सूचना, समाचार र विभिन्न तथ्याङ्कहरुको सेवा प्रदान गर्दै आइरहेको छ।

शेयर बजारका लगानीकर्तालाई इन्टरनेट पहुँचभन्दा बाहिर रहेको बखतमा समेत सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ एसएमएस सेवा थप गरि सुरुवात गरिएको मेरोलगानी डटकमका प्रमुख कार्यकारी अधिकृत अतीतलाल श्रेष्ठले बताए। 

Read More