१२ कम्पनीको ४ अर्बभन्दा बढीको आईपीओ आउँदै, शेयर भर्ने खालको एउटै छैन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१२ कम्पनीको ४ अर्बभन्दा बढीको आईपीओ आउँदै, शेयर भर्ने खालको एउटै छैन

काठमाडौं । सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्नका लागि हाल १२ वटा कम्पनी पाइप लाइनमा छन् ।  ती कम्पनीले प्राथमिक शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उक्त कम्पनीहरुले ४ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति मागेका हुन् ।

यसरी अनुमति माग्नेमा अधिकांश जलविद्युत् कम्पनीका रहेका छन् । आईपीओ निष्काशनको लागि ९ वटा हाइड्रोपावर, २ वटा अन्य समुह र एक मर्चेन्ट बैंकले अनुमति मागेका हुन् ।

आईपीओ निष्काशनको लागि अनुमति माग्ने कम्पनीहरुमध्ये नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता निष्काशनको अनुमति मागेको छ भने सिबिआइएल क्यापिटलले सबैभन्दा कम ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता निष्काशनको अनुमति मागेको छ ।

हाल शेयर बजारमा २० जलविद्युत् कम्पनीहरुको शेयरमूल्य आईपीओको मूल्यभन्दा पनि निकै तल झरिसकेको अवस्था छ । शेयर बजारबाट मुनाफा कमाउने आशामा अंकित मूल्य एक सय रुपैयाँमा नै शेयर खरीद गर्ने लगानीकर्ताले पनि अहिले लगानीको आधासम्म घाटा ब्यहोरेका छन् ।

Read More