महुली लघुवित्त वित्तीय संस्था (MSLB) ले गत आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको असोज २९ गते बसेको ९५ औं बैंठकले शेयरधनीलाई ३१.५७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
लघुवित्तले हाल कामय चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २ करोड ४ लाख रुपैयाँ बराबरको बोनस र ११.५७९ प्रतिशत अर्थात एक करोड १८ लाख १० हजार ५८० रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन् ।
लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गत आर्थिक वर्षको चौथों त्रैमाससम्ममा लघुवित्तले ४ करोड २९ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।








