नेपालमा करीब ८४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमा करीब ८४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । पछिल्लो ३ वर्षमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता ह्वात्तै बढेको नेपाल राष्ट्र बैंकको नयाँ अध्ययनले देखाएको छ । ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ नामक अध्ययनअनुसार नेपालमा २०७६ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४६ हजार १८७ पुगेको छ, जुन ३ वर्षअघि १७ लाख ५४ हजार ५६६ थियो । 

नेपाल राष्ट्र बैंकले बैंकमा खाता खोल्ने ग्राहकलाई अनिवार्य मोबाइल बैंकिङ सेवा दिनुपर्ने नियम बनाएकाले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको बैंकरहरू बताउँछन् । ‘अहिले बैंकमा खाता खोलेपछि ग्राहकलाई अनिवार्य रूपमा मोबाइल बैंकिङ सेवा दिनुपर्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् । 

त्यस्तै, स्मार्टफोनको बढ्दो प्रयोग, सूचना प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोग नेपालमा बढ्दै गएको बैंकरहरूको भनाइ छ । अध्ययनअनुसार २०७६  असारसम्ममा नेपालमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९ लाख १७ लाख ३४४ पुगेको छ । पछिल्लो ३ वर्ष अवधिमा मुलुकमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा ८२ दशमलव २७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाउँछ । 

सानिमा बैंकका सीईओ दाहाल इन्टरनेट बैंकिङको तुलनामा मोबाइल बैंकिङका प्रयोगकर्ता ह्वात्तै बढनुमा यसमा भएको विभिन्न सुविधा प्रमुख कारण रहेको बताउँछन् । मोबाइल बैंकिङ अन्तर्गत खातामा पैसा जम्मा भएको र झिकिएको जानकारी थाहा पाउन सकिनुका साथै, अर्काे खातामा पैसा पठाउन, मोबाइलमा रिचार्ज गर्न, बिजुली, इन्टरनेटको बिल तिर्ने लगायत सुविधा छन् । 

राष्ट्र बैंकको अध्ययनले बचत खाताको आधारमा गत जेठसम्ममा ६० दशमलव ९ प्रतिशत नेपालीमा वित्तीय पहुँच पुगेको छ । सो अवधिसम्म वाणिज्य तथा विकास बैंक र वित्तीय कम्पनीहरूमा कुल २ करोड ७८ लाख ६७ हजार निक्षेप खाता छ । त्यसमा ‘डुब्लिकेशन’ हटाउँदा खुद १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता भएको प्रतिवेदनमा उल्लेख छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको सेवालाई पनि समावेश गर्दा यस्तो पहुँच अझै बढ्ने राष्ट्र बैंकको दाबी छ ।

गत वैशाखदेखि ‘एक घर एक बैंक’ खाता, गतवर्षदेखि सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्नुपर्ने अभियान सञ्चालन गरिएको छ । यस्ता अभियानको प्रभावले वित्तीय पहुँच विस्तारमा सकारात्मक प्रभाव परेको नेपाल राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकिङ पहुँच विस्तार उत्साहजनक देखिएको टिप्पणी गरे । साथै, यस प्रतिवेदनले समग्र बैंकिङ क्षेत्रमा सकरात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

नेपाल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बाले वित्तीय पहुँचमा यो स्तरको वृद्धि सकारात्मक भएको बताए । तर, खाता र प्रविधि प्रयोगकर्ताको संख्या कति पुग्यो भन्दा पनि प्रयोग कति भयो भन्नु बढी महत्त्वपूर्ण रहेको उनको भनाइ छ । ‘प्रतिवेदनले वित्तीय पहुँचको विस्तार राम्रो भएको देखाएको छ,’ उनले भने, ‘प्रविधिहरू कत्तिको प्रयोग भएको छ, महिला र पुरुषमा कसले बढी कारोबार गर्छन्, यस्तो विषयसँग सम्बद्ध तथ्यांक पनि प्रस्तुत गरेको भए अझ राम्रो हुन्थ्यो ।’ 

कर्जा खाताको अवस्था निराशाजनक  

Read More
  • MBL - below news