कहाँ पुग्यो हिमाल दोलखाको शेयर लगानीकर्ताको खातामा पठाउने प्रक्रिया ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कहाँ पुग्यो हिमाल दोलखाको शेयर लगानीकर्ताको खातामा पठाउने प्रक्रिया ?

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ एक साता भित्र लगानीकर्ताको खातामा आउने भएको छ  । कम्पनीका फाइनान्स म्यानेजर अनन्त कार्कीले कार्तिक ३-४ गतेसम्म खातामा शेयर आई सक्ने बताएका हुन् ।

बिजपाटी संगको कुराकानीमा उनले सबै प्रत्याभूतकर्ताहरुले आफुले सकार्नु पर्ने शेयरको लागि आवश्यक पर्ने रकमको लागि चेक कम्पनीलाई दिईसकेको बताए । उनले भने 'केहीको चेकको मिति आजको र केहीको चेकको मिति भोलीको लागि छ, यो महिनामा सबै काम सकिएर अर्को महिनाको सुरु मै खातामा शेयर आउँछ' । प्रत्याभूतकर्ताहरुले रकम दिन आनाक्नै गरेको कुरा बाहिर आएपनि त्यो सत्य नभएको र सबैबाट चेक प्राप्त भईसकेको उनले बताए ।

कम्पनीले निष्काशन गरेको मध्ये आधा पनि आईपिओ बिक्रि भएको थिएँन । कम्पनीले ७८ लाख कित्ता आईपिओ निष्काशन गरेपनि ४१.६१ प्रतिशत अर्थात्  ३० लाख ९३ हजार २ सय ५० कित्ता मात्र बिक्रि भएको हो । यति सम्म कि कम्पनी कै कर्मचारीको लागि छुट्याइएको बाट १ कित्ता पनि शेयर बिक्रि भएन । 

१ महिनाको अवधिमा पुरै शेयर बिक्रि नभएपछि कम्पनीका संस्थापक सेयरधनी र सञ्चालक तथा उनीहरुको एकाघर परिवार तथा कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव र कम्पनीको ब्यवस्थापक तथा लेखा सम्बन्धी काम गर्ने ब्यक्तिले आवेदन दिन पाउने गरी पुन शेयर बिक्रि खुला भएको थियो । त्यस अवधिमा १ कित्ता शेयर पनि बिक्रि भएँन । अर्थात् कम्पनीको शेयर संस्थापक र कर्मचारी स्वयंले नै विश्वास गरेनन ।

Read More