ग्लोबल आईएमई लघुवित्तको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आईएमई लघुवित्तको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा

काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अवितरित हकप्रद सेयर आज मंगलबारदेखि लिलामीमार्फत बिक्री खुला गरिएको छ ।

संस्थाले सर्वसाधारण समूहतर्फको १०० रुपैयाँ अंकित ५६ हजार ५६१ कित्ता हकप्रद सेयर यही असोज २८ गतेदेखि लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

संस्थाले गत साउन २१ गतेदेखि भदौ २३ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये अवितरित सेयरहरु यसरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २ हजार ५०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

संस्थाले न्यूनतम प्रतिशत १०० दर राखेको हुँदा लगानीकर्ताले सोभन्दा माथि बोलकबोल गरी गोप्य बोलपत्र पेस गर्नुपर्ने छ ।

गोप्य बोलपत्र भदौ ५ गतेसम्म पेस गर्न सकिने संस्थाले जनाएको छ ।

Read More