काठमाडौं : शिवम् सिमेन्ट्सको १५.७८९% लाभांश सुरक्षित गर्ने मंगलबार (असोज २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २९ गते बुधबार बुक क्लोज गर्दैछ । यसआधारमा शिवमको लाभांश हात पार्न मंगलबार भित्र सेयरधनी बन्नुपर्नेछ ।
शिवमको वार्षिक साधारण सभा कात्तिक ८ गते राष्ट्रिय सभा गृह, काठमाडौंमा बस्दैछ । सभाबाट लाभांश पारित गरेपछि वितरण सुरु हुनेछ । कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा प्रिमियम भाउमा आइपीओ जारी गरेको हो । आइपीओ बिक्री गरे लगत्तै शिवमले गत वैशाखमा पनि १५.७९% लाभांश दिएको थियो ।





