काठमाडौं । नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनका लागि विभिन्न एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका छन् । बोर्डका अनुसार साढे ४ अर्ब रुपैयाँभन्दा बढी साढे ४ करोड कित्ता शेयर निष्कासनका लागि आवेदन परेको हो ।
शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम् पावर , ग्रिनलाइफ हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, युनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावर सिंगटी हाइड्रो इनर्जी, मैलुङखोला जलविद्युत् कम्पनी र माउन्टेन इनर्जी नेपाल रहेका छन् ।





