काठमाडौं । विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ। तीमध्ये १३ वटा कम्पनीले सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् भने एक जलविद्युत् कम्पनीले अनुमति पनि पाइसकेको छ। बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउने छन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ कानुनी व्यवस्था छ।
बोर्डको तथ्यांकअनुसार १४ कम्पनीले कुल ४ अर्ब ५१ करोड ६६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ५१ लाख ६६ हजार ७ सय ३६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । तीमध्ये शिवश्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लाख १४ हजार रुपैयाँका ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासनका लागि यही असोज १मा बोर्डबाट अनुमति पाइसकेको छ। सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् कम्पनी
छन् ।





