काठमाडौं - नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले उक्त आइपिओ निष्काशनका लागि रेटिङ गराएको छ। इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।
ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।







