कुमारी बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, १०.२५% ब्याज


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, १०.२५% ब्याज

काठमाडौं : कुमारी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
 
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०.२५% कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । 

Read More
  • EBL