तेह्रथुम पावर आईपीओ निष्काशनकाे माग गर्दै धिताेपत्र बोर्ड पुग्याे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तेह्रथुम पावर आईपीओ निष्काशनकाे माग गर्दै धिताेपत्र बोर्ड पुग्याे

तेह्रथुम पावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा गरी १२ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथामिक शेयर जारी गर्न अनुमति मागेको हो । 

कुल १२ करोड कित्तामध्ये ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा निष्काशन गरिने कम्पनीले जनाएको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीको आइपीओ निष्काशनको प्रकृया अघि बढ्नेछ । 

हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइविएल एस क्यापिटल रहेको छ ।

हाइड्रोपावर कम्पनीले तेह्रथुम जिल्लाको अपर खोरुगां खोलामा साढे ७ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

हाल कम्पनीको जारी पूँजी ४० करोड छ भने चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । आइपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ।

Read More