सिद्धार्थ क्यापिटलको बदमासी : लगानीकर्ताको पैसामाथि खेलबाड गरेर उल्टै दादागिरी, धितोपत्र बोर्डले थाल्यो अनुसन्धान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिद्धार्थ क्यापिटलको बदमासी : लगानीकर्ताको पैसामाथि खेलबाड गरेर उल्टै दादागिरी, धितोपत्र बोर्डले थाल्यो अनुसन्धान

सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धनमा संचालित म्युचुअल फण्ड ‘सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम’का इकाईधनीहरुमाथि क्यापिटलले मनपरी गरेको खुलासा भएको छ । इकाईको म्याद सकिएपछि दिइने रिटर्नमा मनपरी गरेर क्यापिटलले हदैसम्मको बदमासी गरेको खुलासा भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाणअनुसार क्यापिटलले इकाईधनीहरुलाई फरक-फरक दरले पैसा पठाएको छ । जवकी सबैलाई पठाउनुपर्ने रकम उही हुनुपर्छ । सिद्धार्थले यतिसम्म लापरवाही गरेको छ कि उसले कति रुपैयाँ 'रिटर्न' दिने हो भन्नेसमेत पनि कतै पनि 'डीस्क्लोजर' गरेको छैन । तर यसबारे लगानीकर्ताले फोन गर्दा भने क्यापिटलले इकाईधनीले पाउने फिर्ता रकमको इकाई दर ११.४९ रहेको बताईरहेको छ । तर मनपरी ढंगले क्यापिटलले कतिपय इकाईधनीलाई १८.४९ का दरलेसमेत पैसा पठाएको देखिन्छ । कतिपय इकाईधनीहरुलाई १२.४९ कतिलाई ११.५० गरी क्यापिटलले मनलाग्दी ढंगले पैसा पठाएको देखिन्छ । उक्त म्युचुअल फण्डले प्रति इकाई १० का दरले रकम उठाएको थियो ।

 

मनपरी पैसा पठायो, गैरकानुनी ढंगले पैसा फिर्ता लग्यो !

क्यापिटलले विभिन्न इकाईधनीहरुलाई मनपरी ढंगले पैसा मात्र पठाएको छैन, लगानीकर्ताको खाताबाट गैरकानुनी रुपमा पैसा फिर्ता पनि लागेको छ । कसैको खातामा गएको बढी पैसा उसलाई जानकारी नै नदिइ फिर्ता लगिएको छ । 'यो सरासर गलत काम हो । यो कानुन विपरित छ । मेरो खाताको मलाई नै नसोधी फिर्ता लैजान मिल्छ र ?' एक इकाईधनीले अर्थ सरोकार डटकमसँग भने, 'कतिपयले त पैसा झिकिसकेका छन् । अव उनीहरुलाई के आधारमा पैसा माग्न मिल्छ क्यापिटलले ? लगानीकर्ताले पैसा फिर्ता गरेनन् भने के हुन्छ ? यसरी आफ्नो खातामा आएको पैसा चलाईसकिएको भए कसरी फिर्ता गर्ने ? यति हुँदासम्म पनि क्यापिटल किन एक पटक पनि माफी माग्न आवश्यक ठान्दैन । इकाईधनीले पाउनुपर्ने रकम कतिका दरले हो भन्ने कुरा किन स्पष्ट छैन ? यो लापरवाहीको हद हो ।' उनले भने । उनका अनुसार क्यापिटलले ठुलो रिटर्न दिन्छु भनेर म्युचुअल फण्डमा लगानी गराएको थियो । तर पाइएको थोरै रिटर्नमा पनि यो हदसम्मको मनपरी गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित छन् ।

...

Read More