बैंकहरु धमाधम लाभांश घोषणा गर्दै, धेरै नाफा कमाउने बैंक चुपचाप


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकहरु धमाधम लाभांश घोषणा गर्दै, धेरै नाफा कमाउने बैंक चुपचाप

काठमाडौं । २८ वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये कुमारी बैंक, एनआईसी एसिया र सिटिजन्स बैंकले साधारणसभा नै गरेर शेयरधनीलाई लाभांश वितरण गरिसकेका छन् । 

धेरै नाफा कमाउनेसहित अझै १५ वटा वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् । पुराना बैंकहरु एकले अर्कोले लाभांश घोषणा कति र कसरी (नगद वा बोनस) वितरण गर्छ त्यसैको आधारमा आफूहरुले पनि लाभांश घोषणा गर्नु पर्ला भन्ने प्रतीक्षामा छन् । त्यसैले लाभांश वितरणमा ढिलाई भएको एक बैंकरले बताए । एक दुई वाणिज्य बैंक बाहेक अरुले तिहार अघि नै लाभांश घोषणा गर्ने तयारीमा रहेको जानकारी पनि ती बैंकरले दिए । 

एउटाले घोषणा गर्ना साथ अर्कोले पनि त्यहीअनुसार लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याएपछि बोनस शेयरभन्दा नगद लाभांश बढी वितरण गर्न थालेका छन् ।  चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका बैंकहरुले यसपाटकदेखि नगद बढी र बोनस शेयर कम वितरण गरेका हुन् ।
अहिलेसम्म लाभांश घोषणा गरेको १३ वाणिज्य बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गर्दै छन् । मेगा बैंकले त यसपटक करसहित ११.७५ प्रतिशत नगद लाभांश माात्र वितरण गर्दैछ । उक्त बैंकले यस वर्ष बोनस शेयर दिएन ।

सिद्धार्थ बैंकले १५.२६ प्रतिशत नगद र १० प्रतिशत बोनस बितरण गर्दै छ । सिटिजन्स बैंकले १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस लाभांश वितरणको प्रस्ताव  साधारणसभाबाट पारित गरिसकेको छ । यसैगरी, माछापुच्छ्रे बैंकले ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस, एसबीआई बैंकले १०.८४ प्रतिशत नगद र ६ प्रतिशत बोनस वितरण गर्दैछ । बैंक अफ काठमान्डूले पनि ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस दिँदैछ ।

...

Read More