नेप्सेमा सूचीकृत ६२ कम्पनीले घोषणा गरे लाभांश, तपाईको लगानीको कम्पनीले कति दिँदैछ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा सूचीकृत ६२ कम्पनीले घोषणा गरे लाभांश, तपाईको लगानीको कम्पनीले कति दिँदैछ ?

नेप्सेमा सूचीकृत भएका १८ दर्जन कम्पनीहरुमध्ये ५ दर्जन कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन्। कतिपय बीमा कम्पनीको भने अघिल्लो आवको लाभांश समेत रहेको छ।

यसरी लाभांश घोषणा गर्ने कम्पनीहरुमा लघुवित्तको सबैभन्दा धेरै कम्पनीहरु रहेका छन्। हालसम्म  ३२ वटा लघुवित्त कम्पनीले  गत आर्थिक वर्षको मूनाफाबाट लाभांश घोषणा रहेका छन्।

यसैगरि १२ वाणिज्य बैंक, ७ वटा म्युचुअल फण्ड, तीन इन्स्योरेन्स कम्पनी र तीन उत्पादनमूलक कम्पनीहरु रहेका छन्।

त्यसैगरी गत वर्षको मूनाफाबाट लाभांश घोषणा गर्ने अन्य कम्पनीहरुमा नागरिक लगानी कोष, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र ओरियन्टल होटल गरि  ६२  वटा रहेका छन्।

जसमा केही कम्पनीहरुले आफ्नो साधारण सभाबाट लाभांश पारित गरेर शेयरधनीको खातामा समेत पठाईसकेका छन् भने केहीले साधारण सभा आह्वान गरेका छन्। धेरै कम्पनीको साधारण सभा हुन बाँकी छ।

Read More