‘चाबी ठोकेर गाउँ जाँदै हुनुहुन्छ ? फेसबुकमा नलेखौं !’ , घरैमा तास खेल्दा पनि लेनदेन गरेको भेटिए कारवाही हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘चाबी ठोकेर गाउँ जाँदै हुनुहुन्छ ? फेसबुकमा नलेखौं !’ , घरैमा तास खेल्दा पनि लेनदेन गरेको भेटिए कारवाही हुने

१८ असोज, काठमाडौं । दशैंका बेला शहरमा रहेको डेरा वा घरमा तालाचाबी ठोकेर गाउँतिर जाने चलन अधीक छ । यस्तो बेलामा रित्तो घरमा चोर छिर्ने पो हो कि भन्ने चिन्ता घरबेटी र प्रहरी दुबैलाई हुन्छ ।

यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेललाई दशैंको सुरक्षा प्रवन्ध नेपाल प्रहरीले कसरी गरिरहेको छ भनेर चासो राख्यौं । प्रवक्ता पोखरेलले दशैंका बेला कोठामा चाबी ठोकेर घरतिर जाँदा फेसबुक लगायत सामाजिक सञ्जालमा लेखेर नहिँड्न आम नागरिकसँग आग्रह गरेका छन् । घरै बन्द गरेर जाने हो भने नजिकैको प्रहरीलाई जानकारी गराएर जानु राम्रो हुने पोखरेलको सुझाव छ ।

दशैं हो भन्दैमा कानून मिच्ने छुट कसैलाई नभएको प्रहरी प्रवक्ता पोखरेलले स्पष्ट पारे । दशैंमा घरभित्र बसेर तास खेल्दासमेत पैसाको लेनदेन गरिएको भेटिए प्रहरीले पक्रन सक्ने पोखरेलले बताए । तर, रक्सी पिएर मातेको व्यक्ति आफ्नै घरैमा शान्तसँग बसिरहेको अवस्थामा उसलाई प्रहरीले नचलाउने पोखरेलले बताए ।

हिन्दु धर्मवलम्बीहरुको महान चाड दशैंलाई लक्षित गरेर नेपाल प्रहरीले देशभर ४२ हजार ६ सय १९ प्रहरी परिचालन गरेको पोखरेल बताउँछन् । दशैंमा हुन सक्ने अपराध पाकेटमारी, जुवातास, ठगीजस्ता अपराधलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना लागू गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

प्रवक्ता पोखरेलका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत दशैं आउनु महिना दिनअघिबाटै सचेतनाको कार्यक्रम सञ्चालन गरिएको थियो । सुरक्षा सबैको साझा विषय भएकाले सर्वसाधारणसँग हातेमालो गरेर प्रहरी अघि बढेको पोखरेलको भनाइ छ ।

दशैंजस्तो चाडबाडको बेला नेपाल प्रहरीले कसरी सुरक्षाको प्रवन्ध मिलाइरहेको छ त ? प्रहरी प्रवक्ता पोखरेलसँग अनलाइनखबरले गरेको कुराकानी–

दशैंमा विभिन्नखाले अपराध हुने गर्छन् । प्रहरीले शान्ति, सुरक्षालाई कसरी व्यवस्थित बनाइरहेको छ ?

– हरेक चाडपर्वको समयमा के कस्ता घटना हुन्छन् भन्ने विषयलाई नेपाल प्रहरीले विगतका प्रवृत्तिका आधारमा मूल्यांकन गरिसकेको छ । हामीले लगभग पाँच आर्थिक वर्षको अपराधको प्रवृत्ति र कारणको विश्लेषण गरेर अपराधलाई न्यूनीकरण गर्ने हिसाबले नयाँ कार्ययोजना लागू गरेर अघि बढेका छौं । यो वर्षको दशैंमा कुनै नेपाली नागरिकको घरमा आँशु चुहुनु नपरोस्, अप्रिय घटना नहोस् भन्ने हिसाबले योजना बनेको छ ।

खास गरेर दशैंमा सबैभन्दा बढी हुने घटना भनेको सवारी दुर्घटना हो । त्यसपछि कर्तव्य ज्यान, कुटपिट, झैं–झगडा, जुवातास, लागूऔषधसम्बन्धी अपराध बढी हुने गरेको विगतले देखाउँछ । ती सबैलाई रोक्नका लागि हामीले मोबाइल, पिकेट र योजनाअनुसार नियमित चेकिङको व्यवस्था गरेका छौं । त्यसमा भिगरस र सरप्राइज चेकिङ पनि छ । पैदल गस्ती, मोटरसाइकलमा क्यूआरटी, साइकल गस्ती र सादा पोशाकमा प्रहरी परिचालन पनि गरिसकेका छौं ।

नाकामा कुकुरसहितको चेकजाँच टोली खटिएको छ । होटल लजहरुमा हाम्रो विशेष निगरानी छ, आवश्यकता अनुसार ‘कर्डन एण्ड सर्च तथा रेड’ पनि हुनेछ ।

यी सबै कार्यका लागि छुटछुट्टै टोली परिचालित छ । त्यसैले विगतभन्दा यसपटकको दशैं, तिहारमा अपराधका धेरै न्यून मात्र अपराधका घटना हुन्छन् भन्ने नेपाल प्रहरीको अपेक्षा छ ।

जसले साँचोका भरमा घर एक्लै छाडेर बाहिर जानुपर्ने हुन्छ, उहाँहरुलाई नजिकको प्रहरी कार्यालयमा सूचना दिनका लागि पनि अनुरोध गरेका छौं

कार्ययोजना हरेक वर्ष बन्छन् । यो वर्ष अपराधका घटनामा कमी आउनका लागि विगतभन्दा फरक योजना चाहिँ के छ ?

Read More
  • MBL - below news