साढे २ करोड कित्ता शेयर धितोपत्र बजारमा सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साढे २ करोड कित्ता शेयर धितोपत्र बजारमा सूचीकृत

यस साता चार कम्पनीको दुई करोड ५२ लाख ६५ हजार ८१३ कित्ता शेयर थपिएको छ। प्राइम कमर्सियल बैंक, एनसीसी बैंक, आईएमई जनरल इन्स्योरेन्सको बोनस तथा ग्लोबल आइएमई बैंकले प्राप्ती गरेको हाथवे फाइनान्सको कन्भर्जन शेयर गरि सो परिमाणमा शेयर सूचीकृत भएको हो।

प्राइम कमर्सियल बैंक (PCBL) ले वितरण गरेको १ करोड २८ लाख कित्ता शेयर कारोबारका लागि यसै साता बैंकले सूचीकरण गराएको हो। बैंकको २०७६ जेठ २६ गते आइतबार सम्पन्न भएको ११ औं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो। । सो बोनस साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द भएको मिति जेठ ९ भन्दा अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।

यसैगरि नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) को एक करोड ११ लाख ५२ हजार ५३५ दशमलव २२ कित्ता बोनस शेयर पनि यसै साता कारोबारका लागि सूचीकृत भयो। 

एनसीसी बैंकको गत भदौ २१ गते सम्पन्न २० औं र २१ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट चुक्ता पूँजीको १५.८९ प्रतिशत बराबरको कित्ता बोनस शेयर पारित भएको थियो। उक्त बोनस शेयर अनुमोदन भएको थियो। सो बोनस साउन २३ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्रै पाउनेछन्।

...

Read More