काठमाडौं : माछापुच्छ्रे बैंकले दशैं लगत्तै असोज २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र ११% नगद गरी कुल १६% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारी भित्र्यान परेमा काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
बोनस वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिइनेछ । साधारण सभाका लागि असोज १० देखि असोज २४ गतेसम्म बुक क्लोज गरिएको छ । असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । सभा होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।








