युनिलिभरका लगानीकर्ता मालामाल, एकैदिन रु. १.६८ अर्बले सम्पत्ति बृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनिलिभरका लगानीकर्ता मालामाल, एकैदिन रु. १.६८ अर्बले सम्पत्ति बृद्धि

काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताहरुले एकैदिन रु. १ अर्ब ६८ करोड ९४ लाख बढी सम्पत्ति बढाएका छन् । 

दोश्रो बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको यो कम्पनीमा बिहीबार पोजिटिभ सर्किट लागेको हो । 

सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरीसँगै युनिलिभर नेपालका लगानीकर्ता मालामाल बनेका हुन् । दशैंअघिको अन्तिम कारोबार दिन युनिलिभरका लगानीकर्ताले अनपेक्षित ढंगले सम्पत्ति बढाएका छन् । 

यो दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता रु. १८३५ रुपैयाँले बढेर २० हजार १८५ रुपैयाँको उचाईमा पुगेको छ । 

यो कम्पनीको दोश्रो बजारमा ९ लाख २० हजार ७०० कित्ता सेयर सूचिकृत छ । यो हिसाबले प्रतिकित्तामै १८३५ रुपैयाँले मूल्य बढ्दा कुल १ अर्ब ६८ करोड ९४ लाख ८४ हजार ५०० रुपैयाँले सम्पत्ति बढेको हो । 

 

Read More