दशैंको स्वागत गरेर बन्द भयो सेयर बजार, सूचकमा उत्साहजनक सुधार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दशैंको स्वागत गरेर बन्द भयो सेयर बजार, सूचकमा उत्साहजनक सुधार

काठमाडौं : दशैंअघिको अन्तिम दिनको कारोबारमा पुँजी बजारले उत्साह भरेको छ । नेप्से सूचकमा आशा लाग्दो वृद्धि देखिएको छ । दशैंको रौनक सुरु भइसकेका बेला कारोबार रकम भने सुस्त नै छ । ब्रोकरहरुले मार्जिन कारोबार थालेपछि बजारमा आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुँदै गएको अपेक्षा गरिएको छ । दशैंपछि थप ब्रोकर कम्पनीहरुले पनि मार्जिन कारोबार थाल्नेछन् । यसबाट पुँजी बजारमा तरलता सहज हुनेछ ।

बजार चलायमान बनाउन पनि थप सहयोग पुग्नेछ । यसबाट आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक हुने अपेक्षा छ । यद्दपि, बजारको वास्तविक गति र प्रवृत्ति पत्ता लगाउन दशैंपछि पनि केही दिन कारोबार र सूचकको अध्ययन गर्नुपर्ने हुन्छ । अहिले सेयर किन्दा दशैंपछि मात्र भुक्तानी गरे हुने भएकाले पनि कतिपय लगानीकर्ता उत्साहित भएका पनि हुन सक्छन् । 
 

समग्र पुँजी बजार सुधारको क्रममा छ । नियामकले पनि सुधारका थुप्रै काम गरेको छ । यति हुँदा पनि सरकारको कर लगायतका केही नीतिका कारण आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन नसकेको हो । लगातार घट्दा कम्पनीहरुको भाउ सस्तो भइसकेको छ । भाउ सस्तो भएकाले लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ । लाभांशको समय छ । साधारण सभाहरु भइरहेका छन् ।

खातामा लाभांश पठाउने क्रमसमेत सुरु भइसकेको अवस्थामा सेयर बजारप्रति सकारात्मक हुन सकिने पर्याप्त स्थान रहेको छ । नेप्से सूचक बिहीबार ८.६९ अंकले बढेर ११४९.४० विन्दुमा आइपुगेको छ । १५३ कम्पनीको १७ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ६ लाख ४७ हजार ५६२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

...

Read More