कावासोतीमा माछापुच्छ्रे बैंकको दुई वटा शाखारहित बैंकिङ सेवा विस्तार


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 कावासोतीमा माछापुच्छ्रे बैंकको दुई वटा शाखारहित बैंकिङ सेवा विस्तार

 

काठमाडौँ - कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । सोमबार कावासोती १७ मा बैंकले १२९ औँ र कावासोती ६ मा १३० औँ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको शाखा प्रबन्धक शेषराज पोखरेलले बताए ।

 

शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशेखर मर्दनिया, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल, वडा नं १७ का वडा अध्यक्ष छविलाल महतो विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए ।

Read More
  • MBL