फेस्टिभ मुडमा सेयर बजारका लगानीकर्ता, मार्जिनले तान्ला त ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेस्टिभ मुडमा सेयर बजारका लगानीकर्ता, मार्जिनले तान्ला त ?

काठमाडौं : सेयर बजार बुधबार केही दबाबमा परेको छ । २ दिन लगातार दोहोरो अंकले बढेको बजार बुधबार तल झरेको हो । दशैंका लागि अधिकांश लगानीकर्ताहरु आआफ्नो घरतिर लागिसकेका छन् । कतिपय जाने तरखरमा छन् । दुई दिन बढ्दा केहीले थोरै  भए पनि नाफा बुक गरेको अवस्था छ । यसको प्रभाव नेप्से सूचकमा देखिएको हो । यद्दपि, अलि लामो समयका लागि हेर्दा सेयर बजार सुधारतर्फ नै अघि बढ्ने अनुमान गर्न सकिन्छ । बजारमा निरन्तर सुधारका कामहरु भइरहेका छन् ।

पुँजी बजार विस्तारका नयाँ–नयाँ औजारहरु थपिनेक्रम जारी छ । ब्रोकरमार्फत मार्जिन कारोबार समेत सुरु हुन थालेको छ । यो लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको माग हो । मार्जिन कारोबार सुरु भएसँगै बजार थप गतिशील हुने अपेक्षा गरिएको छ । लगानीकर्ताले सेयर किन्न मार्जिन कर्जा पाउनेछन् । यसबाट लगानी स्रोत वृद्धि हुन जानेछ । यसले बजारलाई चलायमान बनाउन निकै हदसम्म सहयोग गर्ने अपेक्षा गरिएको छ । 

Read More