सीबीआइएल क्यापिटलका दुवै म्युचुअल फन्डको न्याभ घट्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सीबीआइएल क्यापिटलका दुवै म्युचुअल फन्डको न्याभ घट्यो

काठमाडौं : सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सिटिजन्स म्युचुअल फन्ड-१ को भदौ मसान्तको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ २१ पैसा कायम भएको छ । साउनमा ११ रुपैयाँ ४३ पैसा रहेको प्रतिइकाई खुद मूल्य भदौ २२ पैसाले घटेको हो । 

सिटिजन्सको सेयर लगानी भने बढेको छ । यस फन्डले कुल ७० करोड २१ लाख ५० हजार रुपैयाँ बराबरको ६० लाख १३ हजार ४२५ कित्ता सूचीकृत सेयरमा लगानी गरको छ । अघिल्लो महिना सेयर लगानी ६७ करोड २२ लाख ७० हजार रुपैयाँ मात्र थियो । सिटिजन्सले सबैभन्दा धेरै नेपाल बैंकको २ लाख ७३ हजार ८५० कित्ता सेयर होल्ड गरेको छ । फन्डको बैंक मौज्दातमा १२ करोड ६७ लाख ८७ हजार रुपैयाँ रहेको छ । 

 

Read More