प्रधानमन्त्रीले भने–सेयर बजारको यस्तो अवस्था पहिल्यै किन जानकारी नगराएको ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रधानमन्त्रीले भने–सेयर बजारको यस्तो अवस्था पहिल्यै किन जानकारी नगराएको ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारको वर्तमान अवस्थाका बारेमा अहिलेसम्म किन जानकारी नगराएको भनेर लगानीकर्तालाई उल्टै प्रश्न गरेका छन् । मंगलबार नेपाल पुँजी बजार लगानीकर्ता संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएको संघकी अध्यक्ष राधा पोखरेलले नेपाली पैसालाई जानकारी दिइन् । अध्यक्ष राधा पोखरेलले भनिन्, ‘सेयर बजार यस्तो अवस्थामा आइपुग्दा पनि किन पहिला नै नभनेको, यस विषमा छलफल गर्न म सरोकारवालालाई बोलाउछु ।’ प्रधानमन्त्रीले उनीसँग भने ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई विगत लामो समयदेखि सेयर बजारका बारेमा बताउँदा सुनुवाई नभएपछि प्रधानमन्त्रीलाई नै भेटेर जानकारी गराएको उनले बताइन् । प्रधानमन्त्रीलाई सेयर बजार सुधारका लागि १४ बुँदे सुझावसमेत पेश गरेकी छन् । 

प्रधानमन्त्रीलाई बुझाइएको १४ बुँदे सेयर बजार सुधारका सुझाव :

१) सेयर कर्जामा हाल जारी चर्को बैंक ब्याज घटाइनुपर्छ ।

२) सेयर धितो कर्जाको सीमा ६५% बाट बढाएर ८०% सम्म पुर्याउनुपर्छ ।

३) सबै लगानीकर्ताको हातमा सर्वसुलभ तरिकाले अनलाइन प्रणाली विस्तार गर्नुपर्छ । 

४) आरडब्लूएसलाई अझ व्यापक बनाइनुपर्छ ।

५) सेयर शिक्षा तथा चेतनाका कार्यक्रमहरु देशव्यापी बनाउनेतर्फ ध्यान दिइनुपर्छ  ।

६) बजेटमार्फत गैरआवासीय नेपाली संघलाई नेपालको पुँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ । त्यसलाई यथासक्य छिटो कार्यान्वायनमा ल्याइनुपर्छ । 

७) सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ । त्यसैगरी सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यवस्था गर्नुपर्छ ।

 ८) पुँजीबजारमा अधिक आपूर्ति व्यवस्थापन गर्ने संयन्त्र भएन । त्यसैले बजामा रहेका ठूला कोषहरु (जस्तैः नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सैनिक कल्याणकारी कोष) हरुलाई बजार निर्माताका रुपमा भित्र्याउने व्यवस्था गर्नुपर्छ । 

 ९) समयमा वार्षिक साधारण सभा नगर्ने कम्पनीका सञ्चालकहरुलाई ऐन नै संशोधन गरी कडा जरिवानाको व्यवस्था गर्नुपर्छ ।

१०) बैंकहरूले लगानी योग्य पुँजी अभावको कृत्रिम त्रास देखाई बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।

११) तरलता सहज व्यवस्थापन गर्न बैंकहरुको सीसीडी रेसियो ८५% पुर्याउनुपर्छ । 

१२) वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई २०७७ असारमसान्त सम्मका लागि मात्रै भए पनि कम्तिमा ५५ क्रस होल्डिङको व्यवस्था गरिनुपर्छ ।

 १३) सेयर धितो मूल्यांकनको ८०% सम्म कर्जाको सुनिश्चितताका गर्नुपर्छ । 

 १४) जसरी बैंकहरुमा मर्जरको होड चलाइएको छ, त्यसैगरी च्याउ उम्रेसरी खोल्न लाइसेन्स बितरण गरिएका लघुवित्तलाई समेत मर्जरमा जान प्रोत्साहित गरिनुपर्छ । नयाँ लाइसेन्स वितरण रोक्नुपर्छ । 

Read More