क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि. ले ग्राहकका लागि मार्जिन कारोवार सुविधा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले मार्जिन कारोबार सुविधा सञ्चालन सम्बन्धि आन्तरिक कार्यविधि २०७६ पाीित गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए ।
उनका अनुसार कम्पनीलाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले २०७५ साल चैत्र १४ गते अनुमति प्रदान गरेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट भने २०७६ असार १२ गते कारोबार गर्ने अुनमाति पाएको थियो ।
नयाँ सुविधा आएसँगै ग्राहकले कम्पनीमार्फत तोकिएका धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न सक्ने भन्दै अध्यक्ष रेग्मीले कानुन अनुसार नै धितोपत्र बोर्डको नीति निर्देशन अनुसार ग्राहकलाई सुविधधा दिएको बताए । यसअघि नेपाल स्टक एक्सचेञ्जले २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र दिएको थियो ।





