दसैँमा लगानीकर्तालाई कति लाभांश ?, युनिलिभरको लाभांश ७७० प्रतिशत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दसैँमा लगानीकर्तालाई कति लाभांश ?, युनिलिभरको  लाभांश ७७० प्रतिशत

हिन्दूहरूको महान् चाड दसैँ नजिकिँदै छ । केही लगानीकर्ता दसैँ खर्च जुटाउन दोस्रो बजारमा सेयर बिक्री गरिरहेका छन् भने केही लगानीकर्ता कम्पनीहरूले वितरण गरेको लाभांश संकलन गरिरहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीमध्ये ५४ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । तीमध्ये केही कम्पनीले साधारणसभाबाट लाभांश पारित पनि गरिसकेका छन् । 

मंगलबारसम्म १२ वाणिज्य बैंक, ३० लघुवित्त कम्पनी, ८ म्युचुअल फन्ड, २ उत्पादनमूलक कम्पनी, १ होटेल र १ फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका ८ म्युचुअल फन्डले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् भने केही म्युचुअल फन्डले लाभांश लगानीकर्ताको बैंक खातामा समेत जम्मा गरिसकेका छन् ।

त्यसैगरी, लाभांश घोषणा गर्ने १२ वाणिज्य बैंकमध्ये तीनवटाले साधारणसभा सम्पन्न गरिसकेका छन् । एनआइसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले असोज १० गते साधारणसभा गरेका थिए भने कुमारी बैंकले असोज ११ गते गर्‍यो । यी तीनवटै बैंकले दसैँअघि लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी गरेका छन् । एनआइसीले गत आवको मुनाफाबाट २१ दशमलव शून्य ५ प्रतिशत, सिटिजन्स बैैंकले १५ प्रतिशत र कुमारीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्नेछन् ।

...

Read More