टिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशनप्रति बैंकिङ क्षेत्रले असन्तुष्टि जनाएको छ। चिनियाँ ह्याकरको एटिएम प्रकरण पश्चात नेपाल राष्ट्र बैंकले गत साता मात्रै बैंक वित्तीय संस्थालाई एटिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नलाई निर्देशन दिएको थियो।
औपचारिक रुपमा कुनै असन्तुष्टि नजनाएपनि बैंकहरुले अनौपचारिक रुपमा भने राष्ट्र बैंकको उक्त निर्देशन समय सान्दर्भिक नभएको बताएका छन। वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढेको स्विकार गर्दै एक बैंकर भन्छन, 'एटिएम बुथमा सुरक्षा गार्ड राखेर प्रविधिमा देखिएको चुनौती कसरि कम गर्न सकिन्छ ?' एक बैंकरले बिजपाटीसंगको कुराकानीमा बताए।
पछिल्लो समय बैंक वित्तीय संस्थामा साइबर सुरक्षा चुनौति बनेको बिषयमा सबै बैंकर सहमत भएको र यस बिषयमा छलफल गर्न आफुहरु तयार रहेको जानकारी गराउँदा पनि राष्ट्र बैंकबाट यस्तो निर्देशन आउनु असान्दर्भिक भएको ति बैंकरले बताए।
...







