शिवम् सिमेन्टसको लाभांश घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शिवम् सिमेन्टसको लाभांश घोषणा

शिवम सिमेन्टस् (SHIVM) ले  गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको असोज १३ गते सोमबार बसेको बैठकले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टसले आर्थिक वर्ष २०७५/०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १५.७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको कार्तिक ८ गते राष्ट्रिय सभा गृहमा आह्वान गरिएको चौंथो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ। शिवम सिमेन्टले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट पनि गत आवको जति नै लाभांश वितरण गरेको थियो।

चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको वितरण गर्नमिल्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड रहेको थियो। सोही रकमबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो। चौंथो वार्षिक साधारण सभाका लागि कम्पनीले असोज २९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार असोज २८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउनेछन्।

Read More