ग्लोबल आईएमई लघुवित्तले अवितरित हकप्रद सेयर लिलामीमार्फत बेच्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आईएमई लघुवित्तले अवितरित हकप्रद सेयर लिलामीमार्फत बेच्ने

काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

संस्थाले सर्वसाधारण समूहतर्फको १०० रुपैयाँ अंकित ५६ हजार ५६१ कित्ता हकप्रद सेयर यही असोज २८ गतेदेखि लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । संस्थाले गत साउन २१ गतेदेखि भदौ २३ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये अवितरित सेयरहरु यसरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २ हजार ५०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । संस्थाले न्यूनतम प्रतिशत १०० दर राखेको हुँदा लगानीकर्ताले सोभन्दा माथि बोलकबोल गरी गोप्य बोलपत्र पेस गर्नुपर्ने छ । गोप्य बोलपत्र भदौ ५ गतेसम्म पेस गर्न सकिने संस्थाले जनाएको छ ।

Read More