बार कोड नेपाल इंक प्रालिले जिनियस ब्रान्डको कार्ड प्रिन्टर नेपाली बजारमा ल्याएको छ। बार कोड नेपाल इंक प्रालि विश्व प्रसिद्ध कार्ड प्रिन्टर निर्माता इभोलिस फ्रान्सको नेपालको अधिकारिक बिक्रेता हो।
बैंक, इन्स्योरेन्स, अस्पताल, स्कुल तथा कलेजहरुलाई लक्षित गरी जिनियस कार्ड प्रिन्टर नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ। बैंकिंग कार्डहरुमा थर्मल माध्यमद्वारा कलर र मोनोक्रोममा प्रिन्ट गर्न सकिने कम्पनीको जानकारी दिएको छ।
यो प्रिन्टर निर्माण गर्दा रिसाइकल गरिएका सामाग्रीको प्रयोग गरी प्रिन्टरको साइज सानो बनाइएको कारण वातावरण मैत्री भएको कम्पनीको भनाइ छ। सो प्रिन्टरबाट १ घन्टामा एक सय ५० रंगिन कार्ड र ५ सय मोनोक्रोम कार्ड तीन सय डिपीआइमा छाप्न सकिने कम्पनीले जानकारी दिएको छ।








