१३ असोज, काठमाडौं । नेपालका ६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर चिरन्जीवि नेपालले आर्थिक वर्ष २०७५/७६ को अन्तसम्म ४१ प्रतिशत रहेको वित्तीय पहुँच अहिले बढेर ६१ प्रतिशत पुगेको जानकारी दिएका हुन् ।
‘वित्तीय पहुँच केही समय अघिसम्म ४१ प्रतिशत मात्रै थियो, तर हाम्रो रिसर्च डिपार्टमेन्टले अध्ययन गरेको छ ६१ प्रतिशत पुगिसकेको छ’ उनले भने, ‘केही दिनमै हामी नयाँ रिपोर्ट सार्वजनिक गर्दैछौं ।’
गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने राष्ट्र बैंकको योजना पनि सफलतानजिक पुगेको बताए । उनले ७५३ मध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेको जानकारी दिए ।








