काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय बौद्ध परिसरमा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद कृष्ण राईले राजनीतिक परिवर्तनले मात्र जनताको जीवनस्तरमा परिवर्तन नहुने, त्यसको लागि उत्पादन तथा श्रमसँग नगरिकलाई जोड्नुपर्ने र त्यस कार्यमा नागरिकलाई बैंकहरुले सरल रुपमा कर्जा उपलब्ध गराउनुपर्ने बताए ।







