माछापुच्छ्रे बैंकका कारण भाट–भटेनीमा भीड, कार्डबाट खरिद गरे रु. ४ हजारसम्म छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकका कारण भाट–भटेनीमा भीड, कार्डबाट खरिद गरे रु. ४ हजारसम्म छुट

काठमाण्डौ । नेपालीको महान चाड दसैँ सुरु भइसकेको छ । दसैँका लागि किनमेल गर्नेहरुको उपस्थिति बजारमा बाक्लिन थालेको छ ।

नेपालकै अग्रणी सुपरमार्केट भाट–भटेनीमा हिजोआज चाडपर्वका लागि किनमेल गर्न आउने ग्राहकको संख्या ह्वात्तै बढेको छ । भाट–भटेनीमा ग्राहक बढाउन माछापुच्छ्रे बैंकको चाडपर्वलक्षित योजनाले समेत काम गरेको छ ।

बैंकले चाडपर्वलाई ध्यानमा राखेर आफ्नो बैंकको कार्डवाहक ग्राहकलाई सामान किन्दा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
अझै ग्राहकको सहजताका लागि बैंकले उपत्यकासहित देशभरका भाट–भटेनी सुपरमार्केटहरुमा स्टल नै राखेको छ । जहाँ ग्राहकले ‘अन दी स्पट’ खाता खोल्न सक्छन् र कार्ड बनाएर सामान किन्दा छुट पाउन सक्छन् । 

बैंकले आफ्ना पुराना कार्डवाहक ग्राहकलाई सामान किन्दा ३ हजार रुपैयाँसम्म क्यास ब्याकको अफर सञ्चालन गरेको छ । त्यस्तै नयाँ कार्डवाहक ग्राहकले भने ४ हजार रुपैयाँसम्म क्यास ब्याक पाउने बैंकका डेपुटी सीईओ सन्तोष कोइरालाले जानकारी दिए।

Read More
  • MBL - below news