नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको असोज १२ गते सम्पन्न ४४१ औं बैठकले प्रतिशत ६ बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २६ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।







