'विकास बैंकको लागि लघुवित्त प्रतिस्पर्धी र सहयोगी दुवै हो'


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'विकास बैंकको लागि लघुवित्त प्रतिस्पर्धी र सहयोगी दुवै हो'

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  का सीईओ समेत रहेका डेभलपमेन्ट बैंकर्स संघका महासचिव मनोज ज्ञवालीले विकास बैंकका लागि लघुवित्त प्रतिस्पर्धी र सहयोगी दुवै भएको बताएका छन। 

लघुवित्त कार्यक्रममा फाइदा भए लगानी गर्ने नभए लघुवित्तले नै गर्छ भन्ने गरेकाले विकास बैकका लागि लघुवित्त प्रतिस्पर्धी र सहयोगी दुवै भएको सीईओ ज्ञवालीले बताए।  

विगतमा २-३ प्रतिशतको ब्याजमा कर्जा लैजानलाई भन्दा पनि लघुवित्तले त्यो नलिएर समस्या आएको स्मरण गर्दै ज्ञवालीले भने, 'एकातर्फ विपन्न बर्गको कर्जा लक्ष्य पुरा नभएकाले राष्ट्र बैंकले जरिवाना लगाउने, अर्कोतर्फ लघुवित्तले आधार ब्याजदर भन्दा तल गैर कर्जा दिंदा पनि नलिने अवस्था थियो तर अहिले नाफाको कारणले लघुवित्त र विकास बैंक दुवैले लघुवित्त कार्यक्रम गरिरहेका छन।'

लघुवित्तमा डुप्लिकेशनले गर्दा लगानी गर्न पनि डरलाग्दो अवस्था रहेको समेत ज्ञवालीले बताए। राष्ट्र बैंकले लघुवित्त मार्फत लगानी गर्दा धेरै ब्याज नलिन भन्ने गरेको तर आफुहरुले चाहेर पनि कम दरमा लगानी गर्ने अवस्था नरहेको ज्ञवालीले स्पष्ट पारेका छन। 

Read More