एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार शुरू


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार शुरू

काठमाडाैं । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंकबीच हिजाे शनिबारदेखि एकीकृत कारोवार शुरू भएको छ । दुबै संस्था गाभिए पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी -Core Capital) २० अर्ब १५ करोड पुगेको छ  ।

एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएका हन् । एनएमबि र ओमले मर्जरका लागि जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेका थिए ।

एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज भएका हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन्।

मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ । दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

 

Read More
  • MBL - below news