एनआईसी एशिया बैंकको एक्सेन्सन काउण्टर उच्च अदालत पाटनमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआईसी एशिया बैंकको एक्सेन्सन काउण्टर उच्च अदालत पाटनमा

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ललितपुर स्थित उच्च अदालत पाटनमा राख्ने भएको छ । 

बैंकको एक्सेन्टसन काउण्टर संचालनका लागि ललितपुरको हरिहरभवनमा रहेको उच्च अदालत पाटन परिसरमास्थान उपलब्ध गराउने सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरे ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

Read More
  • MBL