सगरमाथा इन्स्योरेन्सद्धारा शेयरधनीलाई बोनसको कर तिर्न आग्रह


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सगरमाथा इन्स्योरेन्सद्धारा शेयरधनीलाई बोनसको कर तिर्न आग्रह

सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) ले शेयरधनीलाई अघिल्लो आर्ठिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको बोनसको कर तिर्न आग्रह गरेको छ। कम्पनीले बोनसका लाग्ने लाभकरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीबाटै बोनसमा लाग्ने कर रकम मागेको हो।

लाभांश पाउन योग्य शेयरधनीले लाभकर वापतको रकम ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०१०१०००५२६४ मा जम्मा गर्न सूचना दिएको छ। यसअनुसार कम्पनीले असोज २ गतेसम्म लाभकर बापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको बोनस असोज ८ गते उनीहरुकै डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ।

अन्यको हकमा प्रत्येक हप्ताको बैंक स्टेटमेन्टका आधारमा अर्को हप्ताको दोस्रो दिनमा बोनस शेयर जम्मा गरिने कम्पनीको भनाई छ। इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द गरेको अघिल्लो दिन अर्थात २०७६ जेठ ३१ गतेसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको बोनस पाउनेछन्।

Read More
  • MBL - below news