सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा सोमबार फिन लिट नेपाल प्रालिसँग सहकार्य गर्दै इलामको फिक्कलमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरूलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।
कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरू सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरूलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छ ।

Read More
  • MBL - below news