मंगलवार नेप्से सूचक ६.४२ अंक घटेर १ हजार १३.५६ विन्दुमा आइपुगेको छ । यस दिन ८ लाख ७३ हजार ७९ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार भने २१ करोड ८२ लाखको र १७१ कम्पनीको ८ लाख ७३ हजार ७९ कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन सानिमा बैंकको सर्वाधिक रू. ३ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । दोस्रो स्थानमा सिद्धार्थ बैंक संस्थापक र शिवम् सिमेन्ट्स परेका छन् । खानिखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.१६ प्रतिशत बढेर रू. ५३ कायम भएको छ । त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.२७ प्रतिशत घटेर रू. १०२ कायम भएको छ ।







