नेप्से १.७३ अंकले बढेर ११४०.९८ विन्दुमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 नेप्से  १.७३ अंकले बढेर ११४०.९८ विन्दुमा

सोमवार नेप्से सूचक १.७३ अंक बढेर १ हजार १४०.९८ विन्दुमा बन्द भएको छ । गत दिन लगातार घटेको नेप्से परिसूचकमा यस दिन सामान्य सुधार भएको छ । यस दिन १ हजार १३९.९२ विन्दुबाट शुरु भएको परिसूचक पहिलो घण्टाको अवधिमा सामान्य अंक ओरालो लागेर यस दिनकै न्यून विन्दु १ हजार १३७.८८ विन्दुसम्म पुगेको थियो । कारोबारको दोस्रो घण्टाको अवधिमा बढेर १ हजार १४७.८६ विन्दुमा पुगेर तल झरेको छ । यस दिन १७ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कुल ७ लाख ४३ हजार ३१५ कित्ता सेयर किनबेच भएका छन् । कारोबार भएका १२ समूहमध्ये ३ वटाको सूचकमा मात्र गिरावट आएको छ । बाँकी समूहका सूचकहरुमा सुधार आएको छ । उक्त दिन रकमका आधारमा प्रभु बैंक अघि देखिएको छ ।  प्रभु बैंकको  १ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ यस्तै, दोस्रोमा शिवम् सिमेन्ट र तस्रोमा सिद्धार्थ बैंक देखिएका छन् ।

Read More
  • MBL - below news