नेप्से साताको पहिलो दिन १६.०५ अंकले घटेर ११३९.२५ बिन्दूमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से साताको पहिलो दिन १६.०५ अंकले घटेर ११३९.२५ बिन्दूमा

नेप्से साताको पहिलो दिन १६ दशमलव ०५ अंकले घटेर ११३९ दशमलव २५ बिन्दूमा कायम भएको छ । अघिल्लो दिन मंगलवार र बुधवार बढेको बजार बिहीवार पुनः घटेपछि आइतवार पनि घटेको छ । यस साता कुल १६६ वटा कम्पनीको ८ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । यस दिन शिवम् सिमेण्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको हो भने
दोस्रोमा गण्डकी विकास बैंकको संस्थापक तर्फको रू. १ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२२ मा अन्तिम कारोबार भएको छ ।

वेष्ट फाइनान्स कम्पनीको शेयर मूल्य साढे ४ प्रतिशतले बढेको छ र यसका लगानीकर्ताले धरै कमाएका छन् । साथसाथै रिलायन्स फाइनान्स कम्पनीको  साढे ८ प्रतिशतले घटेको छ ।

Read More
  • MBL - below news