वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha Limited ले असोज ६ गतेदेखि एक लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएका १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाम गर्ने भएको हो ।
कम्पनीले १:१ को अनुपातमा साउन ९ गतेदेखि १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । त्यस मध्ये ८ लाख ८७ हजार ६ सय ६७ कित्ता शेयरको लागि मात्र आवेदन पर पछि बाँकि रहेको १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाममा आउने भएको हो ।







