मर्जर सम्झौतामा रहेको कालिका लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जर सम्झौतामा रहेको कालिका लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ

जनसेवी लघुवित्तसँग मर्जर सम्झौतामा रहेको कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २०.१६ प्रतिशतले घटेको छ।

अघिल्लो आवमा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी १० करोड ८० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तले ७२ करोड ६६ लाख निक्षेप संकलन र एक अर्ब २ करोड ७५ लाख सापटीबाट एक अर्ब ८१ करोड ३५ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चौथो त्रैमाससम्म लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको तुलनामा ४३.८० प्रतिशतले धेरै हो। अघिल्लो आवमा लघुवित्तले ९ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

Read More
  • MBL - below news