एनएमवि बैंकले ओम डेभलपमेन्ट बैंकका अधिकाँस कर्मचारी हटाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमवि बैंकले ओम डेभलपमेन्ट बैंकका अधिकाँस कर्मचारी हटाउने

ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकको मर्जरमा पनि कर्मचारी समायोजनको विषयले समस्या देखाएको छ । ओमका अधिकाँस कर्मचारी हटाउने रणनीतिमा एनएमवि बैंक देखिएको छ । ओमका सिइओ समेत हटाएने भएका छन् । ओम डेभलपमेन्ट बैंकका अधिकाँस कर्मचारीले मर्जरपछि बैंक छोड्नुपर्ने भएको छ । बाँकीको समायोजन साविकको पदभन्दा एक तह घटेर हुन लागेको छ । प्राय मर्जरमा यस्ता समस्याहरु देखिन्छन् । यो अवस्था नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा नै हुने गरेको छ ।

दुई संस्था गाभिएर एक बन्दा दुई वटा संचालक समितिलाई गाभेर एक बनाउनुपर्ने हुन्छ । यद्यपि, संचालकको संख्या राष्ट्र बैंकले तोकिदिएको मापदण्डभन्दा बढी बनाउन पाइँदैन । यसकारण सबैले ठाउँ पाउँदैनन् र बाध्यतावश केही संचालकहरुले बैंक छोड्नुपर्ने हुन्छ । त्यस्तै, व्यवस्थापनको क्षेत्रमा पनि एउटा विभागमा एउटा व्यवस्थापक मात्रै हुन्छन् । दुई वटा बैंक गाभिँदा उस्तै विभागमा काम गरिरहेका दुईमध्ये एकको जागीर जान्छ । यस विषयले मर्जर नै तोडिने खालको मनमुटाव ल्याउन सक्छ ।

मर्जरमा गएपछि कर्मचारीको तह निर्धारणमा झन् समस्या हुने गरेको छ । विशेषगरी ठूला बैंकसँग साना बैंक मर्जरमा जाँदा कर्मचारीहरु धेरै समस्यामा पर्छन् । संचालक समितिमा कोको रहने, सीईओ को बन्ने, डेपुटी सिईओ को बन्ने, अध्यक्ष को बन्ने भन्ने विषयले थुप्रै मर्जर असफल बनेका छन् । मर्जरपछि भौतिक सम्पतिमा बृद्धि भए तापनि, भावनात्मक पक्ष मिलाउनु निकै चुनौतिपूर्ण देखिएको छ ।

Read More
  • MBL - below news