शेयर बजार २२ दशमलव ६८ अंकले बढेर १,१७३ दशमलव ४२ को विन्दुमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजार २२ दशमलव ६८ अंकले बढेर १,१७३ दशमलव ४२ को विन्दुमा

नेपाल स्टक एक्सेन्ज (नेप्से) आज पनि दोहोरो अंकले बढेको छ। निरन्तर घट्दो क्रममा रहेको नेप्से बजारमा मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडाको  एक बोलीले शेयरबजार बढ्न सुरु गरेको हो। उनले सर्वसाधारणलाई सेयर बजारमा लगानी गर्न आव्हान गरेका थिए। अर्थमन्त्री डा युबराज खतिवडाले लगानीको उचित अवसर भन्दै सम्बोधन गरेपछि लगानीकर्तामा बिश्वास बढेकाले सेयरबजारमा एकाएक हरियाली छाएको हो।

शेयर बजार २२ दशमलव ६८ अंकले बढेर १,१७३ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज एक सय ७१ कम्पनीको १६ लाख ४५ हजार आठ सय ७७ कित्ता सेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १ सय ४३ अंकले बढेको छ र  शिवम् सिमेन्टको ६ करोडमाथिको कारोबार भएको छ । कारोबार भने ४७ करोड ६८ लाख ३३ हजार रुपैयाँको भएको छ। त्यसैगरि सिद्धार्थ बैंकको ४ करोड ४८ लाख रुपैयाँ,  नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड रुपैयाँ र सनराइज बैंक, अपर तामाकोशी, रसुवागडी हाइड्रोपावर, कृषि विकास बैंक र प्रभु बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ।

Read More
  • MBL - below news