नेप्समा आबद्ध बैंकहरुको पीओएस सेवा सुचारु, एटीएम मेसिनमा अझै चलेन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्समा आबद्ध बैंकहरुको पीओएस सेवा सुचारु, एटीएम मेसिनमा अझै चलेन

काठमाडौं : नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सेवा पीओएस मेसिनबाट पुनः सुचारु भएको छ । चिनियाँ ह्याकरले प्रणाली कब्जा लिएपछि रोकिएको कार्ड सेवा पीओएस मेसिनबाट भने सञ्चालनमा आएको हो । यद्दपि, अन्तर बैंकका एटीएम कार्डहरु भने अझै पनि सुचारु भएका छैनन् । अर्थात् एक बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएम मेसिनमा पैसा झिक्ने सुविधा अहिलेसम्म सुरु भएको छैन । यसका लागि अझै केही दिन लाग्नेछ ।
 
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पीओएस मेसिनबाट कार्ड चल्ने सेवा पुनः सुचारु भएको जानकारी दिए । तर, एक बैंकको एटीएम मेसिनबाट अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्ने सेवा भने सुरु भइनसकेको उनले जानकारी दिए । अब जुनसुकै पीओएस मेसिनबाट पनि नेप्स अन्तर्गतका बैंकहरुको कार्ड चल्नेछ । पछिल्लो समय पीओएस मेसिन नचल्दा सहरी क्षेत्रको डिपाटमेन्ट स्टोर, होटल लगायतका ठाउँमा उपभोक्तालाई गाह्रो भएको थियो ।

Read More
  • MBL - below news