झापाको विर्तामोडमा वित्तीय जागरण राष्ट्रिय अभियान सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
झापाको विर्तामोडमा वित्तीय जागरण राष्ट्रिय अभियान सम्पन्न

पूर्वी नेपालको विर्तामोडमा वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीज्यूले वित्तीय चेतना बिना समृद्धि सम्भव नहुने उल्लेख गर्नुभयो । उहाले वित्तीय ज्ञान नहुदा आवश्यक भन्दा अनावश्यक ठाँउमा खर्च बढ्न गएको बताउनुभयो । एउटा कोठामा बसेर अर्को कोठामा पंखा खोल्नु नै वित्तीय ज्ञानको अभाव हो भन्नु हुदै उहाले थोरै पूँजीबाट पनि प्रशस्तै पैसा कमाउन सकिने उल्लेख गर्नुभयो । रक्सी खाएर हो हल्ला गरेर तास खेलेर समय बिताउने समाजप्रति लक्षित गर्दै उहाँले त्यस्ता व्यक्तिहरु समृद्धिका बाधक भएको औल्याउनुभयो । प्रत्येक व्यक्ती उधमशिल बन्न एक देश र समाजकोलागी समृद्धिको ढोका खुल्ने उहाको भनाई थियो । धेरै व्यक्तीले अहिले पनि अनौपचारिक बाटोबाट अर्थतन्त्र सञ्चालन गरेको उल्लेख गर्दै सम्पूर्ण आर्थिक कारोवार बैकिङ च्यानल मार्फत हुनुपर्ने बताउनुभयो ।

डेपुटी गभर्नर सिवाकोटीले खाता नखोलेका नागरीकहरुलाई बेंक खाता खोल्न अनुदान ब्याजको कृषि कर्जा नलिएकालाई कृषि कर्जा लिन तथा बैंकिङ क्षेत्रले दिने सहुलियत पूर्ण कर्जाका बारेमा जानकारी लिन आम नागरीकलाई आह्वान गर्नुभयो । वित्तीय ज्ञान नभएकै कारण समाज पछाडि परेको बताउदै वित्तीय जागरण राष्ट्रिय अभियान देशका कुना कुनामा पुग्नै पर्नै आवश्यक्ता औल्याउनुभयो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसिएसनका वरीष्ठ अध्यक्ष गोविन्द प्रसाद ढकालले गाउँ गाउँसम्म बैंकिङ पहुँच पुगीसकेकोहुदा आम नागरीकलाई त्यसमा सहभागी हुन आग्रह गर्नुभयो । बैंक वित्त अर्थतन्त्रको सम्वाहक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले वित्तीय चेतनाको अभावमा विकास सम्भव नहुने बताउनुभयो । उहाले बैकिङ पहुँचमा कति नागरीक छन् भन्ने स्पष्ट तथ्य हुनुपर्ने बताउदै सम्पूर्ण नागरीकलाई बैकिङ पहुचमा ल्याउनुपर्ने खाचो औल्याउनुभयो ।

यसैगरी कार्यक्रममा सोसाइटी डेभलपमेन्ट फाउन्डेसनका अध्यक्ष एवम् स्मार्ट कार्डका फाउण्डर रमेश दियालीले अबको समय डिजीटल बैंकिङ रहेको भन्दै डिजीटल बैंकबारे अध्यन गर्न आम नागरीकलाइ आग्रह गर्नुभयो, त्यसैगरी माइक्रोपाइनान्स बैंकर्स संघका वरीष्ठ सदस्य देवेन्द्र बस्नेतले लघुउधमीहरुले देशको ठुलो मात्रामा अर्थतन्त्र ओगटेको बताउदै लघु उधमशिलतालाई विस्तार गरी ठुला उधमीका रुपमा अगाडी बढाउनुपर्नै खाँचो औल्याउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रमका राष्ट्रिय संयोजक माधव निर्दोषले ग्रामिण अर्थतन्त्रको विकास र वित्तीय साक्षरताले मात्रै देश समृद्ध हुने बताउनुभयो । उहाले वित्तीय जागरण राष्ट्रिय अभियान प्रत्येक नागरीकको जिवनस्तर अभिवृद्धि र आत्मनिर्भर अर्थतन्त्रको लागि अग्रसर रहेको भन्दै यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा सञ्चालित वित्तीय जागरण राष्ट्रिय अभियानको विर्तामोड कार्यक्रममा गरिमा विकास बैंक, जनता बैंक , सोसाइटी डेभलपमेन्ट फाउण्डेसन, एक्सेल डेभलपमेन्ट तथा समिट लघुवित्त वित्तीय संस्थाले सहकार्य गरेका थिए । कार्यक्रम शुरु हुनुभन्दा अघि वित्तीय साक्षरताको र्यालीले बजार परीक्रमा गरेको थियो ।

Read More
  • MBL - below news